Shittalpati
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज...
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण नारायण टोल विकास संस्थाको अधिवेशन भएको छ । तानसेनको नारायण टोलमा बसोवास गर्दै आएका विभिन्न जातजाति, भाषाभाषीका महिलाहरुद्वारा गठित संस्थाको तानसेनमा प्रथम अधिवेशन तथा पद हस्तान्तरण भएको हो । अधिवेशनले पदमा जुनु शाक्यलाई अध्यक्षमा चयन गरेको छ ।
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
गैँडाको ‘केटी’ मृत फेला
गैँडाको ‘केटी’ मृत फेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि...
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ ।
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र...
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति...
Weather Update