Shittalpati
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार शुक्रबार संक्रमित हुनेको दर भन्दा निको हुनेको दर धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५४ कोरोना संक्रमित थपिदा ५ सय ८५ जना निको भएका छन् ।
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार भोली शनिबार (पुस २५ गते) गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा...
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने...
एनजेडीको नजर !
एनजेडीको नजर ! तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा विरामीको उपचारका लागि टिकट लिन लाईनमा बस्दै विरामीका आफन्त । अस्पताल परिसरमा बस्ने बेन्चको पर्याप्त मात्रमा व्यवस्था नहुँदा चिसो मौसममा भुईमै बसेर विरामीका आफन्तले टिकट लिन बाध्य छन् ।
पाल्पामा संसद् विघटन विरुद्ध एक,  आन्दोलन भने फरक–फरक
पाल्पामा संसद् विघटन विरुद्ध एक, आन्दोलन भने फरक–फरक प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिमा तरंग छाएको छ । संसद् विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएका छन् ।
संसद् विघटनका विरुद्ध पाल्पाका राजनीतिक दलहरु एक, आन्दोलन भने फरक–फरक
संसद् विघटनका विरुद्ध पाल्पाका राजनीतिक दलहरु एक, आन्दोलन भने फरक–फरक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले पाल्पाका सबै पार्टीहरु आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा पक्ष मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ ।
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो ।
‘बहिनी बाँच्न चाहन्छे’
‘बहिनी बाँच्न चाहन्छे’ मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका हुन् ।
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
कोरोनाका कारण  थप ६ को मृत्यु
कोरोनाका कारण थप ६ को मृत्यु नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचार गराइरहेका थप ६ जनाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Weather Update