Shittalpati
आज संसद् विघटनका विरुद्ध काँग्रेसको आन्दोलन

पाल्पा । संसद् विघटनका विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली काँग्रेसले शनिबार (आज) देशका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । आन्दोलनका लागि पाल्पा र गुल्मी काँग्रेसले पनि आफ्नो तयारीलाई व्यापक बनाएका छन् । आज हुने विरोध सभालाई सम्बोधन गर्न केन्द्रस्तरदेखि प्रदेशस्तरका नेताहरु शुक्रबार नै जिल्ला पुगेका छन् । पाल्पा काँग्रेसले जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको पार्टी सभापति वीरबहादुर रानाले बताए । रानाले पाल्पाको प्रदेश नं २ (क) को विरोध सभालाई सम्बोधन गर्ने छन् । उता नेपाली काँग्रेस गुल्मीले पनि केन्द्रीय परिपत्र अनुसार भोलि जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने गरी तयारीलाई अन्तिप रुप दिएको छ । विरोध कार्यक्रमलाई केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा.चन्द्र भण्डारीले आफ्नो निर्वाचन क्षेत्रको क्षेत्र नं. १ प्रदेश (ख) मा हुने विरोध कार्यक्रमलाई सम्बोधन गर्ने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

त्यस्तै निर्वाचान क्षेत्र नं. २ प्रदेश (क) मा नेपाली काँग्रेसका नेता तथा विघटित सांसद प्रकाश रसाइली स्नेहीले सम्बोधन गर्ने भएका छन् । यस्तै निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख) मा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, क्षेत्र नं. १ प्रदेश (क) मा उप–सभापति विष्णुप्रसाद बलालले सम्बोधन गर्ने सचिव पन्थीले जानकारी दिए । विरोध कार्यक्रम जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) को ग्वाघामा हुने भएको छ । प्रदेश (ख) को भेडुवा र निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) को छल्दीटारा र प्रदेश (ख) को सिमलटारीमा हुने भएको गुल्मी काँग्रेसले जनाएको छ । विरोध कार्यक्रमका लागि काँग्रेसले चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि समेत खटाएको छ । निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा उपसभापति विष्णुप्रसाद बलाल, प्रदेश (ख) मा सचिव खिलध्वज पन्थी, निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) मा सचिव विष्णुकुमारी सापकोटा र प्रदेश (ख) मा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ स्वयं आफै प्रतिनिधिको रुपमा खटिएका छन् । गुल्मी काँग्रेसका अनुसार चार वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुनेछ । वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आÞवान गरेको विरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्णलाई आ–आफ्नो प्रदेश निर्वाचन क्षेत्रमा सहभागिता हुन् सभापति श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update