
पाल्पा । नारायण टोल विकास संस्थाको अधिवेशन भएको छ । तानसेनको नारायण टोलमा बसोवास गर्दै आएका विभिन्न जातजाति, भाषाभाषीका महिलाहरुद्वारा गठित संस्थाको तानसेनमा प्रथम अधिवेशन तथा पद हस्तान्तरण भएको हो । अधिवेशनले पदमा जुनु शाक्यलाई अध्यक्षमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा मायादेवी शाक्य, सचिवमा अनिशा शाक्य, कोषाध्यक्षमा अनिशा बज्राचार्य, सह–सचिवमा सविना श्रेष्ठ रहेको निर्वाचन अधिकृत रशिला श्रेष्ठले जानकारी दिइन् । संस्थाको सदस्यहरुमा दिपिका शाक्य, दिपिका बज्राचार्य, माया श्रेष्ठ, पूर्णमिता कर्माचार्य, निरमाया राना रहेका छन् । सोही अवसरमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समेत गरिएको छ । पद ग्रहण गर्दै नवनिर्वाचित पदाधिकारीहरले समुदायको सँस्कृति पहिचानलाई कायम गर्दै परस्पर सहयोग, सद्भाव र समझदारीपूर्ण ढंगबाट सु–संगठित हुँदै आर्थिक र सामाजिक रुपमा समुदायलाई सवल र समृद्ध बनाउने दिशामा आफुहरु अगाडि बढ्ने बताएका छन् ।
अधिवेशन उद्घाटन शत्रका प्रमुख अतिथि तानसेन नगरपालिका २ का वडा सदस्य महेश्वरप्रसाद श्रेष्ठले समाजलाई एक ढिक्का बनाएर अगाडि बढाउने दिशामा संस्था लाग्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार तथा नारायण युवा क्लवका अध्यक्ष किशोरदर्शन बज्राचार्य, निर्वाचन अधिकृत रशिला श्रेष्ठ र निर्वमान अध्यक्ष अनुपमा बुद्धाचार्यले आ–आफ्ना धारणा राखेका थिए । सभामा कोषाध्यक्ष अनिशा शाक्यले वार्षिक आयव्यय र सचिव जुनु शाक्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन शत्र कार्यक्रम अनुपमा बुद्धाचार्यको अध्यक्षता, उपाध्यक्ष माया शाक्यको स्वागत, नवनिर्वाचित सचिव अनिशा शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।