Shittalpati
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै

कृष्ण पोखरेल
पाल्पा । जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि गणनाको तयारीस्वरुप धमाधम सरोकारवाला निकायसँग छलफल गरेको छ । कृषि पेशालाई व्यवसायिक बनाउन, कृषि पेशामा देखिएको समस्याहरुको पहिचान गरी राष्ट्रिय प्रमुख आयश्रोतको रुपमा विकास गर्न, नीतिगत रुपमै कृषि पेशालाई सम्वोधन गर्ने गरी पाल्पामा पनि राष्ट्रिय कृषि गणना २०७८ तयारी थालिएको हो ।

तानसेनमा भएको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा जिल्ला तथ्याङ्क कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत भविश्वर घिमिरेले कृषि गणना २०७८ को उद्देश्य, गणना विधी, कृषिचलन, कृषक परिवार, तथ्याङ्क संकलन गर्ने, विधी र तरिका, गणना कार्यविधी, जनशक्ति परिचालन, लागत तथा संगठनात्मक अवस्था, समावेशी सूचकहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । २०७८ पुसदेखी फागुन सम्म ३ महिनामा पाल्पाका १० वटै स्थानीयतहमा कृषि गणना कार्यक्रम गरिने, कम्तिमा ४ आना जग्गामा खेतीपाती गरेका वा एक वटा गाई वा भैसी पालेको वा ५ वटा भेडाबाख्रा पालेका वा २० वटा सम्म कुखुरा, हाँस, परेवा जस्ता पंक्षीहरु पालेका कृषकहरुलाई गणनामा सहभागी गराईने कार्यालय प्रमुख घिमिरेले बताए ।

कृषि गणनामा महिलाको नाममा जग्गा भएको वा नभएको, जग्गाको अवस्था, वातावरण सम्वन्धी अवस्था, जलवायु परिवर्तनले कृषिमा पारेको असर, कोभिडको असर, कृषि बिमा र पहुँच, कृषि ऋण, कृषिमा सिंचाईको अवस्था, जंगली जनावरले पारेको असर, शैक्षिक योग्यता, कृषिवाली उत्पादनको अवस्था, नगदे तथा जिन्सी वाली, तरकारी तथा मसालेदारवाली, फलफूल तथा कन्दमुल वाली लगायतका विषयहरु कृषि गणनामा समेटिने कार्यालय प्रमुख घिमिरेले बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले कृषि गणनाले पालिकाहरुलाई कृषि योजना बनाई कार्यान्वयन गर्न सहयोग पुग्ने बताए । गणनासँगै स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update