Shittalpati
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’ धानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।
एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्‍याउँछौं : तामाङ
एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्‍याउँछौं : तामाङ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
लडेर प्रहरी हवल्दारको मृत्यु
लडेर प्रहरी हवल्दारको मृत्यु हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको...
चिसो बढेपछि विद्यालय बन्द
चिसो बढेपछि विद्यालय बन्द चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद् विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
अझै तीन दिन मौसम बदली हुने
अझै तीन दिन मौसम बदली हुने अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।
सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण
सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्न शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिने कार्यमुलक अनुसन्धान अभिमुखीकरण तालिम दिएको हो ।
माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने
माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने जिल्लाको माथागढी गाउँपालिकाले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । यही पुस २८ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठन–पाठन हुन नसकेकाले यस वर्ष हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई कार्य गर्न गराउन...
Weather Update