
पाल्पा । मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र केशव अधिकारी रहेका छन् ।
कार्यक्रममा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना दिदै प्रमख अतिथि तथा समाजसेवी दिलबहादुर शाक्यले कानूनी शासनको मूल्य र मान्यतालाई स्थापित गर्न र सत्ता केन्द्रित राजनीति बन्द गर्नका लागि नयाँ नेतृत्वलाई खबरदारी गर्न आग्रह गरे । समाजका लुम्बिनी प्रदेश सचिव कृष्ण बहादुर रावलले ‘सुशासन र आर्थिक पारदर्शीता’ विषयमा बोल्दै शत्रुता विहिन आचरण, समुदायबिच स्थिर र सुमधुर सम्बन्ध नै स्थिर राजनीति भएको उल्लेख गरे । कार्यक्रममा समाज पाल्पाका संस्थापक सभापति शिवप्रसाद देवकोटा, पूर्वसभापति पुष्करराज रेग्मी, कांग्रेस नेता राजेन्द्र गोपाल सिंह लगायतले मानवता विरुद्धको अपराध गर्नेलाई राजनीतिक संरक्षण दिन नहुने बताए । संस्थाका सभापति नारायण प्रसाद शर्माको सभापतित्व, रेणुका देवकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।