पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला

पाल्पा । जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
महिना नपुगेको तथा लिङ्ग समेत नछुट्टिएको नवजात शिशुलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्