वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
आइतबार, भदौ ३, २०८०
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’
आइतबार, भदौ ३, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । शनिबार शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि तथा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्निकल एजुकेशन प्रालि पाल्पाले आयोजना गरेको विभिन्न सीपमूलक कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उनले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका...
बढ्यो ‘रेमिट्यान्स’ : खुसी हुने कि दुःखी ?
शनिबार, भदौ २, २०८०
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवकोे तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो ।
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
बिहीबार, साउन ३२, २०८०
बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
काँग्रेस पाल्पाले सुरु गर्यो विशेष आन्तरिक अभियान
बिहीबार, साउन २५, २०८०
नेपाली काँग्रेस पाल्पाले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा पनि विहीबारदेखि १० दिने विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।
तानसेनमा सहज बन्दै खानेपानी
बिहीबार, साउन २५, २०८०
पछिल्लो केही दिन यता तानसेनमा खानेपानी सहज बन्दै गएको छ । एक महिना अघिदेखि तदर्थ समितिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्न थालेसँगै तानसेनको खानेपानी वितरण सहज बन्दै गएको हो ।
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
मंगलबार, साउन २३, २०८०
सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
शिक्षित आमाहरू नै गराउँदैनन् स्तनपान
शनिबार, साउन २०, २०८०
रुपन्देहीको भैरहवामा कोठा भाडामा लिएर बस्दै आएकी कमला कार्की सरकारी जागिरे हुन् । उनले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिएन । छोरी जन्मिएको दुई/तीन महिना त आफ्नै साथमा राखेर दूध खुवाईन तर तीन महिनापछि भने उनले परिवारको साथमा छोडेर अफिस जाने गर्न थालिन् ।
संसद्प्रति एमाले सधै ‘अनुदार’
शुक्रबार, साउन १९, २०८०
सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको नेकपा एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने र संसद अवरुद्ध गर्ने एमालेको नियमित...
वनमारा मासेर डाँडैभरी अम्रिसो
बिहीबार, साउन १८, २०८०
बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ ।
छोइनसक्नु तरकारी
शुक्रबार, साउन १२, २०८०
तानसेनको बजारमा तीन महिना अघि ४०/५० रुपैयाँमा विक्री भएको गोलभेडाँ अहिले १ सय २० देखि १ सय ३० रुपैयाँमा विक्री भएको छ । सोही समयमा ८० देखि १ सय रुपैयाँमा विक्री भएको बोडी यति बेला १ सयदेखि १ सय २० सम्म विक्री भइरहेको छ ।
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा
बिहीबार, साउन ११, २०८०
पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले ।


