सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना
आइतबार, असोज २१, २०८०
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
शनिबार, असोज २०, २०८०
तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?
शनिबार, असोज २०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।
पाल्पामा असोजमै पाक्यो सुन्तला !
बिहीबार, असोज १८, २०८०
सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
सोमबार, असोज १५, २०८०
१३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो ।
गैरे मोबाइलको सफलता : मोबाइल टार्गेटमा ‘भेस्पा स्कुटर’ पुरस्कार
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनमा रहेर मोबाईल र ल्यापटपको विक्री वितरणसँगै मर्मत गर्दै आएको जिल्लाकै प्रतिष्ठित विक्रेता गैरे मोबाइल एण्ड ल्यापटप कियरले मोबाइल विक्रीमा सफलता हात पारेको छ । विगत ३५ वर्षदेखि तानसेनबाट सेवा दिदैं आएको गैरे मोबाइलले अनर मोबाइल विक्रीमा सफलता हासिल गरेको हो ।
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
बिहीबार, असोज ११, २०८०
विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार
बुधबार, असोज १०, २०८०
जिल्लाका निस्दी गाउँपालिका –१ राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ । राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।
पर्यटकीय सिजन नै छैन उत्साजनक
बुधबार, असोज १०, २०८०
विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी
सोमबार, असोज ८, २०८०
अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ तर, प्राक्टिकल (व्यवहारिक) अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ ।
तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन
आइतबार, असोज ७, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ । आइतबार कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा कन्भेन्सन आयोजना गरिएको हो ।
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल
आइतबार, असोज ७, २०८०
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारण सभालाई शनिबार तानसेनमा सम्बोधन गर्दै मन्त्री खनालले अर्थतन्त्रमा देखा परेको असर न्यूनीकरण गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
तिज : फेरिए भाका, फेरियो दर खाने चलन
सोमबार, असोज १, २०८०
पाल्पा, तानसेन भगवती टोलकी ७२ वर्षीया सावित्रा बस्याललाई यि गीत अहिले पनि सम्झना छ । उनी भन्छिन् ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई यसरी गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन्...


