Shittalpati
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री

पाल्पा, गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ । छत्रक‍ोट–४ अगाह क्षेत्रमा सञ्चालित गुड उद्योगहरुले उपभोक्तालाई भेलीको गुड विक्री गर्ने गरेको तथ्य फेला परेको हो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा गएको  बजार अनुुगमन टोलीले यहाँका अगाह, मनबाक र रिडी बजार क्षेत्रमा उखुुको भन्दै भेलीको गुड खुलमखुलारुपमा बेच्ने गरेको फेला पारेको छ । अगाहमा सञ्चालित १२ वटा उद्योगहरुले बुटवलबाट भेली ल्याई शुुद्ध उखुुको भन्दै बेच्ने गरेका छन् । उनीहरुले उखुुको खुुँदोबाट बनाइएको लेवल लगाएर उपभोक्तालाई सिधै ठग्ने गरेको पाइएको छ । उपभोक्ताहरुले  व्याकेट बाहिर लेखिएको हेरेर नै गुड किन्ने गरेका छन् । ति  गुड २ सय ५० देखि ३ सयसम्म विक्री हुँदै आएको छ ।

भेलीबाट बनाएको गुुडलाई उखुुको शुद्ध भन्दै उद्योगहरुले विक्री गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि अनुगमन गरिएको अनुुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताए । उनले भने‘ यहाँका १२ वटा उद्योगहरुले मनोमानी ढंगले उपभोक्ता ठग्दै आएका छन् । उनीहरुले उखुुबाट बनाइएको गुड भन्दै भेली र चिनी मिसाएर गुड उत्पादन गरी विक्री गर्ने गरेको फेला पा¥यौं ।’ पहिलो चरणमा सम्झाई बुुझाइ उत्पादन बन्द गर्न भनेको संयोजक ज्ञवालीले बताए । उनले भने‘ अहिलेलाई उत्पादन बन्द गर्न भनेका छौं, यति विक्री नै गर्ने हो भने भेलीको लेवल लगाएर विक्री गर्न सुुझाएका छौं ।’ उद्योगहरुले गुड अस्वस्थकर रुपमा उत्पादन समेत गर्ने गरेको पाइएको छ । उनीहरुले अव्यवस्थित तरिकाले बाख्रा, कुुखुराको खोर, गाइ, भैसी बाध्ने गोठमा राखेर गुुड उत्पादन गर्ने गरेको तथ्य समेत अनुुगमन टोलीले फेला पारेको छ । जथाभावी फोहोर भएका ठाउँहरुमा गुुड उत्पादन गर्ने गरेको अनुुगमन टोलीका संयोजक ज्ञवालीले बताए । उनका अनुसार गुड नै अस्वस्थकर रहेको छ । केही उद्योगहरुले दर्ता समेत नगरी सञ्चालन गरेका छन् । अबैध रुपमा सञ्चालनमा आएका यी उद्योगहरुलाई  एक हप्ता भित्र सबै प्रक्रिया पुरा गर्न अनुुगमन टोलीले आग्रह गरेको छ ।

शुक्रबार ३ वटा उद्योगमा अनुुगमन गरिएको थियो । अनुुगमन टोलीले  नविन गुुड उद्योग, भावना गुुड उद्योग र कपिल गुण उद्योगमा अनुुगमन गरेको हो । तीनवटै उद्योगले उखुुको भन्दै भेलीको गुुड विक्री गर्ने गरेको, उत्पादन गर्ने ठाउँ अत्यन्त फोहोर र अव्यवस्थित रुपमा राखेको पाइएको छ । गत सोमबार यहाँका ८ वटा उद्योगमा  समेत अनुुगमन गरिएको थियो । उनीहरुको अवस्था पनि उस्तै रहेको अनुुगमन टोलीले जनाएको छ । यहाँ उत्पादन भएका गुड तम्घास, रिडी, पाल्पा, बुटवलसम्म विक्री हुँदै आएको पाइन्छ । अनुगमन टोली रिडी बजारमा समेत अनुुगमन गरेको हो । त्यहाँका अधिकांस पसलहरुमा भेलीबाट उत्पादन भएका तिनै उद्योगका गुुड विक्री हुने गरेको समेत फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको नेतृत्वमा घरेलुु कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालयका कर अधिकृत सुरज बस्याल, राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका अनुुसन्धान अधिकृत श्यामकुमार गौतम, इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक आशिष थापा लगायतको टोलीले उद्योग तथा बजारको अनुुगमन गरेको थियो ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ अन्तर्गत रहेको थोर्गा गाउँ उखु खेतीको लागि प्रख्यात मानिन्छ । त्यहाँका किसानहरूको मुख्य आम्दानी नै उखु हो । उनीहरुले उखु पेलेर खुदो र गुड बनाउने गर्छन् ।  त्यहाँको गुडले देशभर राम्रै बजार  समेत पाएको छ । तर केही अपवादका उद्योगहरु भने उखुुबाट गुड उत्पादन गर्ने किसानहरुसँगै प्रतिस्पर्धा गर्ने नाममा भेलीबाट उत्पादन गरी उपभोक्ता ठग्दै आएका छन् । उखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिएका बलेटक्सार, थानपति, थोर्गा, हर्दिनेटा, दिगाम र हुँगाका किसानले उखुुबाट खुदो, गुड र सखर उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update