Shittalpati
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन 
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । 
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
रामपुरका किसानलाई अनुदानमा धानको बीउ पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते  पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ ।  भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो । 
दादुरा रोगविरुद्धको खोप अभियान
दादुरा रोगविरुद्धको खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो । 
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय  क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् ।
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...
ख्याल गरौं है उखरमाउलो गर्मीमा !
ख्याल गरौं है उखरमाउलो गर्मीमा ! केही दिनयता देशका विभिन्न स्थानहरूमा उखरमायलो गर्मी बढेको छ । यसै पनि वैशाख, जेठ महिना गर्मी हुने महिना हो । तर यस पटक भने वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
पाल्पा गोल्ड कप : रोडस् चितवन फाइनलमा 
पाल्पा गोल्ड कप : रोडस् चितवन फाइनलमा  पाल्पा फुटवल संघको आयोजनामा तानसेनको टुडिखेल मैदानमा जारी  कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता रोडस् रामपुर फुटबल क्लब चितवन फाइनलमा पुगेको छ ।
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको लागि पाल्पाबाट प्रतियोगी छनोट कार्यलाई तिव्रता दिएको छ । प्रतिष्ठानले असार ७ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिस्पर्धामार्फत प्रतियोगीहरु छनोट गरिरहेको छ । 
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
Weather Update