गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश
शनिबार, मंसिर ९, २०८०
घरबाटै महिला हिंसा अन्त्य गरौं
शनिबार, मंसिर ९, २०८०
आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
शनिबार, मंसिर ९, २०८०
आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘एकजुट हुनुहोस् : महिला र केटीहरु विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान
बिहीबार, मंसिर ७, २०८०
लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो ।
तुलसीको विवाह गरिँदै
बिहीबार, मंसिर ७, २०८०
एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज तुलसीको दामोदर ‘विष्णु’सँग विवाह गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
सोमबार, मंसिर ४, २०८०
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो ।
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते
आइतबार, मंसिर ३, २०८०
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाको बेवास्ताका कारण तानसेन–रानीमहल पर्यटकीय सडक बिजोग अवस्थामा रहेको छ ।
टिकटक माथिको प्रतिबन्ध
शनिबार, मंसिर २, २०८०
नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि समर्थन र विरोध चर्किएको छ । यतिबेला टिकटकको पक्ष÷विपक्षमा टिका टिप्पणीहरु आइरहेका छन् । टिप्पणी आउनु स्वाभाविक नै हो । किन भने पछिल्लो समय टिकटकमा बालबालिका, युवा, युवती, वृद्धवृद्धा सबैको रोजाईमा पर्न सफल भएको थियो ।
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई
बिहीबार, कात्तिक ३०, २०८०
किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए ।
भाइटीकाको साइत बुधबार १० : ५१ बजे
मंगलबार, कात्तिक २८, २०८०
भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै
मंगलबार, कात्तिक २८, २०८०
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।


