 
                                                                    पाल्पा, रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि रायमाझी बन्धुुहरुको हितमा काम गर्दै आएका उनी जिल्लाको विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका छन् । रायमाझीबन्धुहरुलाई एक ठाउँमा गोलबन्ध बनाउने कार्यमा महत्वपूर्ण योगदान पुुर्याउदै आएका रायमाझी विगतदेखि नै कूूलदेवता समिति तानसेन नगरको कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् । अध्यक्षामा चयन भएसँगै उनले आगामी दिनमा जिल्लाभर छरिएर रहेका रायमाझी बन्धुुहरुलाई एकिकृत बनाएर उनीहरुको दुख, सुखमा समितिले काम गर्ने प्रतिवद्धा व्यक्त गरे ।
अधिवेशनले रायमाझीको नेतृत्वमा १७ सदस्य रायमाझी कुलदेवता समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा बुद्धिबहादुर रायमाझी, सचिवमा शंकर रायमाझी, सह–सचिवमा सोमबहादुर रायमाझी, कोषध्यक्षमा रञ्जना रायमाझी, सह–कोषाध्यक्षमा हरि रायमाझी चयन भएका छन् ।
अधिवेशनको समितिका केन्द्रीय अध्यक्ष तथा नेपाल राष्ट्र बैकका पूूर्व डेपुटी गर्भनर बिरबिक्रम रायमाझीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रायमाझीले लामो इतिहास बोकेको रायमाझीहरुको उद्गमस्थल पाल्पाको छहरामा हुने कुलपुजाले देश तथा विदेशमा रहेका रायमाझी बन्धुहरुको मिलन र एकताको सन्देश फैलाउने गरेको बताए । कार्यक्रममा पूूर्व सासंद तथा समितिका केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, पुर्व प्रमुख जिल्ला अधिकारी तथा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टेकबिरजंग रायमाझी, समितिका केन्द्रीय महासचिव तथा पूूर्व डिएसपी गोपालबहादुर रायमाझी, छहराका वडा अध्यक्ष गोविन्द रायमाझी लगायतले रायमाझी कुलदेवता समितिका गतिविधीहरुका बारेमा चर्चा गर्दै रिडीमा रहेको पौवा संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । निवर्तमान अध्यक्ष झलकबहादुर रायमाझीले समितिको १० लाख बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । सोही अवसरमा कुल पुजा २०८० मा महत्वपूूर्ण योगदान गरेको भन्दै अध्यक्ष झलक रायमाझीसहित १८जनालाई कदर पत्र र १३ जनालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा रायमाझीबन्धुुहरुका सन्ततीहरुलाई विभिन्न छात्रवृति समेत प्रदान गरिएको समितिले जनाएको छ । सचिव बुद्धि रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    