-1717415395.jpg) 
                                                                    पाल्पा, गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका सचिव तथा युवा नेता जगदीश भट्टराई, काँग्रेस नेता तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापा, काँग्रेस युवा नेता तथा तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनाल लगायतका नेताहरु अस्पताल पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
अस्पतालमा घाइतेहरुलाई भेटेर उनीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । उपचाररत घाइतेहरुको सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने र समन्वयकारी भूमिका खेल्ने काँग्रेस नेताहरुले बताएका छन् ।
सोमबार विहान कालीगण्डकीको फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा भार्सेकी ३० वर्षीया कमला बूूढाथोकीको मृत्युु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    