Shittalpati
उदासीनता


✍️विमला पाण्डे

म हैन मेरा आँखा रूदै थिए ।

सपनाहरू मनबाट विलीन हुँदै थिए ।।

 

रूवाईले खोज्छ हाँस्ने बाहाना,

सोचले खोज्छ मर्ने चाहाना,

मनले होइन् सोचले दिनदिनै मारिराछ ।

जिन्दगीको अगाडि मेरो भाग्यले हारिराछ ।।

 

म बाहिरबाट कमजोर हैन,

तर म भित्रबाट ठिक पनि छैन्,

हास्न खोज्छु मलाईं झुटको पात्र नबनाऊ भन्दै मुस्कानले गिज्याउँछ ।

पिडाले गलेको मन आँशु बनि कहिलेकाँही चिच्याउँछ ।।

 

बिना उद्देश्य थाहा छैन कुन गन्तव्यमा लागि राछु

थोरै भएनी पाउने आशमा म जता पनि भागिराछु ।।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update