डुवेर दुुईको मृत्युु
मंगलबार, जेठ २३, २०८०

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
मंगलबार, जेठ २३, २०८०
लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
मंगलबार, जेठ २३, २०८०
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल
मंगलबार, जेठ २३, २०८०
जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी
सोमबार, जेठ २२, २०८०
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो ।

तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई
सोमबार, जेठ २२, २०८०
विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् ।

सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सोमबार, जेठ २२, २०८०
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।

पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत
सोमबार, जेठ २२, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

भोलीदेखि काँग्रेस लुम्बिनी प्रदेशले बृहत्त अभिमूखीकरण गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने
आइतबार, जेठ २१, २०८०
भोलीदेखि नेपाली काँग्रेस लुुम्बिनी प्रदेशले बृहत्त अभिमूूखीकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा जेठ २२ र २३ गते दुई दिन प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रम हुन लागेको हो ।

‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ
आइतबार, जेठ २१, २०८०
गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ । आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे ।

पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते
आइतबार, जेठ २१, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।

नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
आइतबार, जेठ २१, २०८०
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
आइतबार, जेठ २१, २०८०
नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।