Shittalpati
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै

पाल्पा, नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।

प्रशिक्षण तथा वनभोज कार्यक्रममा भाग लिन वडातहदेखि जिल्लास्तरसम्मका नेता तथा कार्यकताहरु श्रीनगर पुुग्ने छन् । पार्टीलाई बलियो बनाउने र तल्लो तहदेखि माथिल्लो तहका नेता तथा कार्यकर्ताहरुबिचको सम्बन्धलाई थप  प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको काँग्रेसका क्षेत्रिय सभापति मु्क्तिराम जिसीले बताए । उनका अनुसार नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सभापति गुुरुराज घिमिरेले प्रशिक्षण दिने छन् । प्रशिक्षणका लागि नेता घिमिरे शुक्रबार नै तानसेन आइपुुगेका छन् ।  पार्टी संरचनालाई वडातहदेखि नै थप मजबूद  बनाएर लैजाने र आगामी निर्वाचनमा काँग्रेसको एकल बहुमतको सरकार बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका  खेल्ने सभापति जिसीले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update