Shittalpati
सुनको मूल्य घट्यो

पाल्पा, सुनको भाउ मंगलबार तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १लाख ४० हजार ६ सय रुपैयाँ तोकेको छ ।

यसअघि अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्चप्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ५५रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९ सय ४० रुपैयाँ मूल्य रहेकोचाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update