Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु

पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना  पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।सुनसरीको बराहक्षेत्र नगरपालिका–२ करमखोला पुलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  ।

तेर्हआदीबाट चतरातर्फ जाँदै गरेको को.२८ प ४७५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ सखुवागाछी बस्ने ३५ वर्षीय पुष्प बस्नेतको छोरा ७ वर्षीय अनुभब बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुस्थित सडकमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । प्र.२–०२–००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका–३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको मृत्यु भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केस्थित सडकमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना.१ ज ७५६० नम्बरको म्याजिक गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगपालिका–१२ बनस्पति बस्ने ५५ वर्षीय श्यामबहादुर विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँ बजारस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना.५ ख ७७२१ नम्बरको ट्रकले बा.प्र.–०३–००४ प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४५ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको जनाइएको । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका–६ दनुवार बेसीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको अवस्थामा ति महिला फेला परेको उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।  सम्पूर्ण दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update