गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै
मंगलबार, जेठ २०, २०७७
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
मंगलबार, जेठ २०, २०७७
नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
मंगलबार, जेठ २०, २०७७
कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो ।
पाल्पामा आइसोलेशनमा उपचारत एक व्यक्तिको मृत्यु
मंगलबार, जेठ २०, २०७७
आईसोलेसमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । । उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि...
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती
मंगलबार, जेठ २०, २०७७
जिल्लाको मुसिकोट नगरपालिकामा भारतीय सिमा नाकाबाट आएका नागरिकहरुको संख्या अत्याधिक भए पछि क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको छ । ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिकाले भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।
निस्दीमा फौजी किराको प्रकोप, उत्पादन घट्ने भएपछि किसान चिन्तित
मंगलबार, जेठ २०, २०७७
निस्दी गाउँपालिकाका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । वडा ३, ४ को बारी र वडा ५ को खेतमा लगाएको मकैमा प्रकोप देखिएको हो । वडा ३ को खादर, डाबरा, क्याङ्गरुङ्ग, खलबारी, झिरुवास, वडा ४ को खोप्लाक, घ्याङसीङ्ग बास, भोर्मा र वडा ५ को ढुङ्गनाबेसी, गल्धा फाँटमा...
हजारौँ भारतीय सीमामा अलपत्र
मंगलबार, जेठ २०, २०७७
रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले...
काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा
मंगलबार, जेठ २०, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका बल्डे·ढीका लक्ष्मण सापकोटा विगतमा काफल पाक्ने समयमा जंगलबाट काफल ल्याई बजारमा लगेर विक्री गर्ने गर्थे । काफल विक्रीबाट प्राप्त भएको पैसाले नुन, तेल, चिनी जस्ता दैनिक उपभोग्य सामान लिएर साझा घर फर्कन्थे । यस वर्ष जंगल भरी काफल फलेर लटरम्म भएपनि सापकोटा लकडाउनकका कारण बिक्रीका लागि...
उच्च सतर्कता अपनाऔं
मंगलबार, जेठ २०, २०७७
पाल्पामा पनि पाँच जनामा कोरोना संक्रमितहरु देखिएपछि एक किसिमको त्रास फैलिएको छ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार र सोमबार गरी पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिए पछि त्रास फैलिएको हो । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना, माथागढी गाउँपालिकाका १ जनामा र निस्दी गाउँपालिकाका २ जनामा कोरोना...
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण
सोमबार, जेठ १९, २०७७
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रदेशस्तरीय कविता प्रतियोगितामा पाल्पा प्यारागनकी कृशाला प्रथम
सोमबार, जेठ १९, २०७७
प्रदेश स्तरीय अनलाईन कविता प्रतियोगितामा पाल्पा प्यारागन इ.बो.स्कूलकी कृशाला ढुङ्गाना प्रथम भएकी छन् । बन्दाबन्दीको समयमा प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत प्यारागनकी छात्रा ढुङ्गाना प्रथम भएकी हुन् ।
पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो
सोमबार, जेठ १९, २०७७
जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जनामा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।


