पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो

पाल्पा । जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जना पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
उनीहरुको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । उनीहरु १७ र ३६ वर्षका पुरुष रहेका छन् । आईतबार मात्र रैनादेवी छहराका दुई र माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । निस्दीका कोरोना संक्रमितलाई तानसेनको आइसोलेशन सेन्टरमा ल्याइने तयारी भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्