
कृष्ण पोखरेल
पाल्पा । आईसोलेसनमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो ।
उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन सकेको छैन् । ति पुरुषलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्षण रहेको मिशन अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईले बताए ।
उनी पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि हिजो सोमवार मात्र उनलाई मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको हिजो नै स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्यु पछि पुन स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा हाल सम्म ५ जना व्यक्तिमा कोरोना सक्रमण देखिएको छ । पाल्पामा रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना सक्रमण देखिएको हो । माथागढीका कोरोना सक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग गरी २३ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाईएको छ । मृतक पुरुषको कोरोना सक्रमणको लक्षण देखिएपछि मिसन अस्पतालमा पठाएको पुर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए ।