Shittalpati
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग

गुल्मी (वामी) । नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए ।

उनले बौद्धिक वर्गलाई नगरको विकासमा सदैव रचनात्मक सुझाव सल्लाह दिन आग्रह गरे । सोही अवसरमा नेपाल शिक्षक संघका नगर संयोजक हरि चालिसे एबिसीले वर्तमान समयमा कोरोना भाइरसको नियन्त्रणका लागि गलकोट नगरपालिकाले शुरूवाती चरणबाटै सतर्कता अपनाउदै आएको भन्दै नगरपालिकालाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघले कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी संघका संयोजक हरि चालिसे एबिसीको संयोजकत्वमा गलकोट नगरपालिकाका नगरप्रमुख गैरेलाई नगद चेक रकम हस्तान्तरण गरेको हो ।

सोही अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगर,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,प्रशासकीय अधिकृत तुल बहादुर विक, नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवेन्द्र खत्री,नेपाल शिक्षक संघका जिल्ला सचिव हेमराज गैरे, संघका जिल्ला सदस्य प्रेमसागर सापकोटा,गलकोट नगर अर्थ सचिव नन्दराम गौतम, वडा संयोजक ताल बहादुर भण्डारी, वडा संयोजक कृष्णप्रसाद सापकोटा संघका सदस्य डम्बर खत्री र पत्रकार घनश्याम गौतम लगायतको सहभागिता रहेको थियो । – पत्रकार कौरव खत्रीबाट

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update