मन्त्रिपरिषद् विस्तारमा ढिलाई
बुधबार, भदौ ९, २०७८

काँग्रेसमा सदस्यता विवाद टुंगियो
मंगलबार, भदौ ८, २०७८
नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।

पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन
मंगलबार, भदौ ८, २०७८
जिल्लामा दिनहुँ कोरोना निको हुनेहरुको संख्या बढ्दै गए पनि संक्रमणको दर भने घट्न सकेको छैन । समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा निको हुने संख्या बढे पनि संक्रमणको दर घट्न नसकेको हो ।

‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
मंगलबार, भदौ ८, २०७८
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।

मौसममा सुधार हुन केही दिन लाग्ने
मंगलबार, भदौ ८, २०७८
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।

कोरोनाको मारमा जात्रा, महामारीकै बीच धानिँदै परम्परा
मंगलबार, भदौ ८, २०७८
विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।

कोरोनाको कहरमा ‘जात्रा’
मंगलबार, भदौ ८, २०७८
कोरोना महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका अधिकांस चाडपर्व तथा जात्राहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्व विगत दुई वर्षदेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
सोमबार, भदौ ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् ।

गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश
सोमबार, भदौ ७, २०७८
गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
.jpg)
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
सोमबार, भदौ ७, २०७८
कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
सोमबार, भदौ ७, २०७८
पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।

पाल्पामा सोमबार ५९ जना संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
सोमबार, भदौ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमितले कोरोना जितेका हुन् ।

रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, भदौ ७, २०७८
जिल्लाको वामीटक्सारबाट प्रशारित सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । रेडियोले कोरोना महामारीबाट शिक्षा क्षेत्र पनि प्रभावित भएकाले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सुरक्षाका लागिस्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।