Shittalpati
संसद बैठक स्थगित

पाल्पा, मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए । प्रतिनिधिसभा बैंठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैंठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । सांसदहरुले संसदीय मर्यादा पालना गर भन्दै संसद अवरोध गरे । सभामुख सापकोटाले नेकपा एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमाले संसदलेहरुले बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरुले सभामुख सापकोटाको राजीनामा माग समेत गरेका छन् । मंगलबारको बैंठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update