Shittalpati
पत्रकार चौहानको निधन

बुटवल,  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ । चौहान नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य थिए । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ । –रासस

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update