Shittalpati
आमा–बाबुले गरे छोराको हत्या

बुटवल, आमा–बाबुले आफ्नै छोराको हत्या गरेका छन् । रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका हुन् । गत शनिबार रुपन्देही गैडहवा गाउँपालिका ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहले आफ्नै घरको छतमा लगेर दूधे छोरा सुरज मल्लाहको घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा घरको छतमा आलो रगत जमेको, बावु र आमा सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया, ओछ्यान तथा विद्युतको स्वीचमा रगत जस्तो रातो टाटा फेला परेको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा बुवा आमा दुवैले हत्या गरेको स्वीकार गरेका छन् । मल्लाह दम्पत्तीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update