Shittalpati
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक

गुल्मी, गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।


माया गर्न चाहनेहरुले कति समय पर्खिने र माया गर्न कस्को अनुमती चाहिन्छर भन्ने जस्ता कथा बस्तु गीतमा समावेश गरिएको छ । गीतकार सुबेदीको लय शब्द रहेको गीतमा शान्तिश्री परियार र बिक्रम परियारको स्वर रहेको छ । पुस्पाञ्जली म्युजिक प्रलि मार्फत सार्बजनिक गीतमा महेन्द्र गौतम र गरिमा शर्मालको अभिनय रहेको छ । माया प्रेममा आधारित गीत भएकाले धेरै दर्शक श्रोताको मन जित्ने डा. सुवेदीले बताए । ‘कस्को अनुमती’ लोक गीत गीतकार डा. सुबेदीले आफनै शिब सुबेदी यूट्युब च्यानबाट सार्बजनिक गरेका छन् ।
डा.सुबेदीले राष्ट्र भक्ति भाव गीतहरुसँगै भुकम्पबाट कसरी सुरक्षीत रहने जस्ता जनचेतना मुलक गीतहरु पनि बजार ल्याएका छन् । सयौं लोक दोहोरी गीतहरुमा लय शब्द दिएका गीतकार सुबेदीले भुकम्प सम्बन्धी बिषयबाट स्वीजरल्याण्डको बिश्वबिद्यालयबाट अध्ययन सम्पन्न गर्दैछन् । उनका सयौं गीतहरु निकै लोकप्रिय छन् ।
–अनिल खत्री

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update