Shittalpati
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा

पाल्पा, माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।


लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट आवेदन दिन मिल्ने गरी डिम्याट खाता खोल्ने सुविधा ल्याएको जनाएको छ । ग्राहकहरुले अनलाइन मार्फत वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सक्ने छन् । ग्राहकले डिम्याट खाता खोल्न बैंकको वेवसाइटमा लगइन गरेर दिएको निर्देशन पालना गर्नुपर्ने छ । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने छन् भने अन्य बैंकमा खाता रहेका ग्राहकले प्रक्रिया पूरा गरेपछि नजिकैको माछापुच्छ्रे बैंकको शाखाबाट डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बताइएको छ । कोरोना माहमारीको जोखिम कायमै रहेको समयमा सजिलै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज बनाउन बैंकले यो सुविधा ल्याएको जनाएको छ ।
माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा खाता रहेका ग्राहकहरुले अनलाइन मार्फत डिम्याट खाता खोल्ने प्रक्रिया पुरा गरी सकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखामा गई परिचखुल्ने कागजात सहित स्वयं उपस्थित भए पश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update