Shittalpati
महसुल नबुझाउने ग्राहकको लाइन काटियो

तम्घास, गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले छ लाख ५६ हजार १६ रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाई लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।   –रासस

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update