लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
बुधबार, वैशाख १४, २०७९
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
लुम्बिनीमा २२ हजार ४ सय २१ जनाको उम्मेदवारी
बुधबार, वैशाख १४, २०७९
स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४ सय ४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २ सय ८५ जनाले दर्ता गराएका छन् ।
७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ
मंगलबार, वैशाख १३, २०७९
७५ वर्ष पुगेको पश्चिम नेपालकै जेठो बौद्ध संस्था ज्ञानमाला संघ आनन्द विहार पाल्पाले यो वर्ष हीरक महोत्सव मनाउन लागेको छ । संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाउन लागेको हो ।
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
मंगलबार, वैशाख १३, २०७९
वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई !
मंगलबार, वैशाख १३, २०७९
बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आइतबार र सोमबार सबै स्थानीय निकायका केन्द्रहरुमा मानोनयन दर्ता भएको छ । यस अघिको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो भने यस पटकको निर्वाचन एकै चरणमा सम्पन्न हँुदैछ । यस अगाडिको निर्वाचनका समयमा मुख्य तीन दलका नेतादेखि कार्यकर्तासम्म उत्साह र उर्जा...
पाल्पामा १७ जनाले बुझाए हतियार
मंगलबार, वैशाख १३, २०७९
जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन...
पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।
काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगी पालिका अध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आज बाजागाजा सहित पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित
सोमबार, वैशाख १२, २०७९
एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा...
रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
सोमबार, वैशाख १२, २०७९
जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।


