तानसेन नगरपालिकामा एमालेबाट निर्वाचित वडा अध्यक्ष रावल माओवादी प्रवेश
आइतबार, वैशाख ११, २०७९
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी
शनिबार, वैशाख १०, २०७९
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी भएका छन् । शुक्रबार भएको संघको अधिवेशनबाट राणा विजयी भएका हुन् ।
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
शनिबार, वैशाख १०, २०७९
लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
शनिबार, वैशाख १०, २०७९
सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।
मुक्तिनाथ बैंकले दियो विपन्नलाई जस्तापाता
शनिबार, वैशाख १०, २०७९
मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।
बिरामी अर्थतन्त्रको उपचार गर
शनिबार, वैशाख १०, २०७९
संकटोन्मुख अर्थतन्त्र बचाउन इमानदार प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिन गर्ने भन्दै निलम्बन गरिएको थियो ।
अडान पाल्पाको छैठौं अधिवेशन
शुक्रबार, वैशाख ९, २०७९
दर्तावाला लेखापरीक्षकहरुको पेशागत छाता संगठन अडिटर्स एशोसिएशन अफ नेपाल (अडान) पाल्पाको जिल्ला अधिवेशन भएको छ । अडानको शुक्रबार एक कार्यक्रमका बिच छौठौं अधिवेशन भएको हो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सोमप्रसाद पौडेल पुनः चयन भएका छन् ।
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित
शुक्रबार, वैशाख ९, २०७९
देशैभर शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन पाल्पा र गुल्मीमा २ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा १ सय ७७ जना नियमित तर्फका र ३१ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
आज विश्व पृथ्वी दिवस मनाइँदैं
शुक्रबार, वैशाख ९, २०७९
आज विश्व पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार १९२ भन्दा बढी राष्ट्रहरूमा यो दिवस मनाउन लागिएको हो ।
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै
शुक्रबार, वैशाख ९, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष...
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
शुक्रबार, वैशाख ९, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।
एनसेलको नयाँ योजना : इन्डलेस कम्बो प्याक
शुक्रबार, वैशाख ९, २०७९
एनसेल आजियाटा लिमिटेडले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ वर्ष योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले नयाँ योजनामा भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
बिहीबार, वैशाख ८, २०७९
धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।


