रामपुरमा सुरू भयो बेल विवाह
बिहीबार, वैशाख ८, २०७९
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, वैशाख ८, २०७९
आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
प्रविधिमैत्री बन्दै कुसुम सहकारी
बिहीबार, वैशाख ८, २०७९
पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड प्रविधिमैत्री बन्दै गएको छ । स्थापनाको छोटो समयमै सहकारीले आफ्नो सेवालाई प्रविधिसँग जोड्दै लगेको हो । उसले सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि चेक, मोबाइल एप्स र एस.एम.एस सेवाको सुरुवात गरेको छ ।
माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९
जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।
गुल्मी महोत्सवमा ६ करोड कारोवार
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको महोत्सवमा ६ कारोडको कारोबार भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोवार भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
बुधबार, वैशाख ७, २०७९
नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
बुधबार, वैशाख ७, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
बुधबार, वैशाख ७, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै
बुधबार, वैशाख ७, २०७९
जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल...
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’
बुधबार, वैशाख ७, २०७९
सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउका छन् । लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।’
यामाहा एमटी–१५ बीएस ६ को उत्पादन कार्य अन्तिम चरणमा
बुधबार, वैशाख ७, २०७९
यामाहा नेपालले यामाहा एमटी–१५ बीएस ६ मोटरसाइकलको उत्पादन अन्तिम चरणमा पुर्याएको छ । उसले एमटी–१५ बीएस ६ मोटरसाइकलको सम्पूर्ण काम सकेर डेलिभरीको अन्तिम चरणमा रहेको जनाएको छ । एमटी–१५ बीएस ६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्न सक्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...


