भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
शुक्रबार, चैत २५, २०७८
वाणिज्य बैंकहरूको शेयर मूल्य घट्यो
शुक्रबार, चैत २५, २०७८
शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका वाणिज्य बैंकमध्ये १२ वटा बैंकको शेयर तीन सय रुपैयाँ भन्दा तल रहेका छन् ।
मालिकाका घर–घरमा डिजिटल परिचयपत्रको शुभारम्भ
शुक्रबार, चैत २५, २०७८
जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
बगनासकालीका दुई जना एमाले छाडेर काँग्रेसमा प्रवेश
बिहीबार, चैत २४, २०७८
स्थानीय तहको चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो ।
काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन
बिहीबार, चैत २४, २०७८
तानसेन नगरपालिका –७ काजीपौवामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ वडा समिति गठन भएको छ । नेपाली काँग्रेस वडा कार्यालयको आयोजनामा समिति गठन गरिएको हो । काँग्रेसले ‘घर–घर जाऔ काँग्रेस जिताऔं’ अभियान अन्तर्गत समिति गठन गरेको जनाएको छ । काँग्रेसले रिमा सारुको सभापतित्वमा २७ सदस्यी राष्ट्रिय मगर संघ...
चर्कियो महँगी
बिहीबार, चैत २४, २०७८
दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ ।
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’
बिहीबार, चैत २४, २०७८
स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो ।
गुल्मीको मालिकामा गठबन्धन
बिहीबार, चैत २४, २०७८
जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला
बुधबार, चैत २३, २०७८
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दी स्थित कालीगण्डकी नदीको किनारमा बगनासकाली –६ का ७१ वर्षीय खड्क बहादुर दर्जी मृत फेला परेका हुन् ।
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
बुधबार, चैत २३, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा
बुधबार, चैत २३, २०७८
रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।


