Shittalpati
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

पाल्पा, निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।

निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए । त्यस्तै आयोगले स्थानीय तह निर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गते देखि ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय गरेको छ ।

आयोगले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल र मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update