Shittalpati
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार

पाल्पा,जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुले मतदाताको घर घरमा पुगेर मतदाता शिक्षा दिर्दै आएका छन् ।  निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनासकाली गाउँपालिकाको अध्यक्ष उम्मेदवार उम्मेदवार सुनिता अधिकारीले बताइन् ।
बगनासकाली गाउँपालिका वडा नं. ९ का काँग्रेसका उम्मेदवार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमूना मतपत्र पुर्‍याएर अभ्यास गराएको बताए । उनी भन्छन् ‘मतदाताहरु उम्मेदवार नै प्रत्यक्ष जनता जहाँ छन् त्यहाँ पुगेर उहाँका अप्ठ्यारा समेत बुझेर मतदाता शिक्षा प्रदान गरेका छौं ।’रम्भा गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका बिष्णु थापाले जनताहरुलाई एकमुष्ठ रुपमा टोलटोलमा पुगेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको बताए ।
बगनासकालीको यम्घामा गठबन्धनको चुनावी सभा समेत भएको छ । चुनावी सभालाई गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले सम्बोधन गरेका हुन् । उनले स्थानीय तहमा मिलिजुली काम गर्ने संस्कृतिको विकास गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गरे ।
रिब्दीकोटको ठिमुरेमा पनि गठबन्धनले कोणसभा गरेको छ । उसले बुधबार रिब्दीकोट ६ ठिमुरेको पोरक्नी, बर्घा, घोर्लिखर्कमा चुनावी कोणसभा गरेको हो । कार्यक्रम नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य हरि प्रसाद नेपालले प्रतिगामी शक्ति विरुद्ध गठबन्धन भएको बताउदै रिब्दीकोटमा सधै एमालेको शासन भएकाले त्यसलाई तोड्ने गतिलो अवसर आएको बताए । गठबन्धनको तर्फबाट पालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने तलब सुविधा कोष मार्फत दलित उत्पीडित समुदायको लागि खर्च गर्ने बताए । उनले आफू सेवा गर्नकै लागि पालिका अध्यक्ष हुन चाहेको बताए । उनले रोजगारी कृषि शिक्षामा आफ्नो प्रमुख ध्यान जाने समेत बताए ।
तलब भत्ता गरिब, विपन्नलाई
सत्तारूढ गठबन्धन तानसेन नगरका मेयरपदका उम्मेदवार सन्तोषलाल श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा जित हासिल गरे तलब भत्ता नलिइ गरिब एवं विपन्न नागरिकहरूका लागि सहयोग गर्ने बताएका छन् । नेपाली काँग्रेस तानसेन नगरपालिका ११ बन्दिपोखरामा घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । उम्मेदवार श्रेष्ठले भने‘अब मेरो छोरा छोरीलाई पढाउन,जागिर लगाउन पर्ने अवस्था छैन् भविष्यका लागि रकम जम्मा गर्न पनि आवश्यक छैन त्यसैले आगामी निर्वाचनमा मेयर पदमा विजयी भए आफ्नो तलब भत्ता नगरवासी गरिब एवं विपन्न परिवारका लागि कोष खडा गरी रकम हस्तान्तरण गर्ने छु ।’
यस्तै नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनले रैनादेबी छहराको सोमादी र सर्देवामा घर दैलो कार्यक्रम गरेको छ । गठबन्धनकाको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराई, उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार दान बहादुर पौडेल लगायतले बिकास र समृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले गठबन्धनको रैनादेबी छहरामा आत्याधिक मत सहित जित सुनिश्चित रहेको भन्दै जनताहरुलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको प्रचार–प्रसार समितिका उपसंयोजक पदम सोमैले जानकार दिए ।
नेपाली कांग्रेसले बुधबार रामपुरका विभिन्न टोलहरुमा मतदाता शिक्षा सम्पन्न गरेको छ । यस्तै निस्दी गाउँपालिकामा विभिन्न कोणसभाहरु सम्पन्न भएका छन् । तिनाउँ गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदाता शिक्षासँगै जनताको अपेक्षा संकलन गरिरहेको उपाध्यक्ष पदका उम्मेदवार लालबहादुर थापाले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update