Shittalpati
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्‍यो स्वागत

पाल्पा, नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा युनियनको आशान्न महाधिवेशनको तयारीका लागि पाल्पाका आएका युनियनका केन्द्रीय सदस्य दिलिप पौड्यालले आफु महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उनले युनियनलाई चलायमान गराउन र श्रमजिवी पत्रकारहरुको हकहितमा आवाज बुलन्ध गर्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए । पत्रकार पौडेयालले युनियन र पत्रकारको हकहितका लागि आफुले महासचिवमा उम्मेदवारी दिन लागेकाले सहयोग गर्न युनियन पाल्पाका पत्रकारहरुलाई आग्रह गरे । युनियनका अर्को केन्द्रीय सदस्य माधव अर्यालले युनियन चलायमान हुन नसकेकाले अब व्यवसायिक पत्रकारले युनियनको नेतृत्व गर्नुपर्ने बताए । उनले आफु लामो समयसम्म केन्द्रीय सदस्य भएर पनि नेतृत्वतह नै निष्क्रिय भइदिंदा काम गर्न नसकिएको भन्दै अब व्यवसायिक पत्रकार नेतृत्व तहमा आउनुपर्ने धारणा राखे । पत्रकार अर्यालले जिल्ला तहका युनियनहरुलाई सक्रिय बनाउन र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि आसन्न महाधिवेशनमा आफुले पनि जिम्मेवार पदमा उम्मेदवारी दिने योजना बनाएको बताए । युनियन पाल्पाका सभापति भरत शर्माले दुवै केन्द्रीय सदस्यलाई शुभकामना दिदै पाल्पाबाट पूर्ण सहयोग रहने बताए । युनियन बागलुङका सभापति प्रदिप पन्तले महाधिवेशनको तयारीका लागि आफुहरु जिल्ला अभियानमा हिडेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update