Shittalpati
मनाइयो इदुल फित्र

पाल्पा, पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।

यसपर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । घरभन्दा टाढा–टाढा भई फर्कन नभ्याउनेले पनि मान्यजनबाट आशिर्वाद लिन्छन् । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यसवर्ष उक्त दिन आइतबार बेलुकी चन्द्रमा नदेखिएकाले मंगलबार यो पर्व मनाइएको हो । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update