Shittalpati
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । 
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ । तिलोत्तमा –१ नयाँमिल चोकमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियारको मृत्यु भएको हो ।
पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो
पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनाव आउन १२ मात्र बाँकी छँदा पाल्पासहित देशैभरका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना...
मानसिक समस्याप्रति ध्यान देऊ
मानसिक समस्याप्रति ध्यान देऊ पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ ।
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारवाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर अन्तर्राष्ट्रिय निगरानीमा पर्नु भनेको Gray List हो ।  
आगलागी प्रकोपको पीर
आगलागी प्रकोपको पीर माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै  कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म...
Weather Update