शिक्षक आन्दोलनप्रति काँग्रेस पाल्पाको ऐक्यबद्धता
सोमबार, चैत २५, २०८१
रवि लामिछाने कारागार चलान
सोमबार, चैत २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार पठाइएको छ । लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगेको हो ।
रोकिएन शिक्षकको आन्दोलन
आइतबार, चैत २४, २०८१
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन अझै रोकिएको छैन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।
रामपुरका सहकारीलाई सुशासन सम्बन्धी अभिमुखीकरण
आइतबार, चैत २४, २०८१
जिल्लाको रामपुर क्षेत्रभित्र रहेका सहकारीहरुलाई सुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । पछिल्लो समय सहकारीहरुमा सुशासनको परिपालन नहुँदा देशका केही सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले यहाँका सहकारीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।
आज रामनवमी, देशभर सार्वजनिक विदा
आइतबार, चैत २४, २०८१
मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि आज रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो ।
विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै
आइतबार, चैत २४, २०८१
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस नेपालसहित विश्वभर आज मनाइँदैछ । हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु...
आज चैते दशैं पर्व मनाइदैं
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
कालीगण्डकीमा एक पुरुष मृत फेला
शुक्रबार, चैत २२, २०८१
कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।
रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु
शुक्रबार, चैत २२, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा एक पुरुषको ज्यान गएको छ । आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।
कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बिहीबार, चैत २१, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा पाल्पामा प्रभात फेरी (तस्बिरहरु)
बुधबार, चैत २०, २०८१
पाल्पामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ । सहकारी संस्थाका सञ्चालक, कर्मचारी लगायतको सहभागीतामा प्रभात फेरीको आयोजना गरिएको हो ।
आज राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, चैत २०, २०८१
आज राष्ट्रिय सहकारी दिवस पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागेका छन् ।


