Shittalpati
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।
बन्द हुँदै एमसीसी परियोजना
बन्द हुँदै एमसीसी परियोजना अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।
आजदेखि विश्व खोप सप्ताह सुरू
आजदेखि विश्व खोप सप्ताह सुरू विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२५ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइँदै छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्रिुचम, डोटी, सुनसरी, कैलाली, पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको हो ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भित्र्याएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीलाई हटाएका छन् । उनले बुधबार एकै दिन एक मन्त्रीको नियुक्ती र एक मन्त्रीको बर्खास्त गरेका हुन् ।
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ ।
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
विश्वकप विजेता रोबर्टोलाई नेपालमा भव्य स्वागत
विश्वकप विजेता रोबर्टोलाई नेपालमा भव्य स्वागत विश्वकप विजेता ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोसलाई नेपालमा भव्य स्वागत गरिएको छ । मंगलबार नेपाल आएका उनलाई विमानस्थलमै तामझामसहित स्वागत  गरिएको हो ।
कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी
कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि  परीक्षा  सञ्चालन गर्ने तायारी गरेको हो ।
Weather Update