
पाल्पा, अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयूक्त राष्ट्रसंघको आÞवानमा सन् १९९३ बाट प्रत्येक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ । संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन् । नेपालमा पछिल्लो दुई दशकदेखि गरिबी निवारणलाई विकास प्रयासको प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिएको छ । दशौं योजनादेखि गरिबीलाई आय गरिबी, मानवीय गरिबी, सामाजिक बञ्चितीकरण गरी तीन आयाममा विभाजन गरिएको छ ।
दिगो विकासको लक्ष्यले सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । गरिबीको उन्मुलन शान्ति, स्थायित्व र आर्थिक बिकासकालागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यही कुरालाई लिएर गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाजहरु भन्ने विश्वव्यापी अवधारणा अघि सारिएको छ । सन् २०११ मा २५ दशमलव २ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत रहेको तथ्याड्ढ छ । नेपालमा निरपेक्ष, बहुआयामिक, खाद्य उपलब्धता, आर्थिक अवस्था र मानवीय विकास सुचकाड्ढ लगायत गरिबीका ६ वटा आयाम रहेका छन् । ६ वटा आयामले गरिबी पहिचान गर्ने गरिएको छ । जसमध्ये, झण्डै २८ प्रतिशत बहुआयामिक गरिबी रहेको तथ्याड्ढ रहेको छ । अहिले कतिपयले नेपाल बैदेशिक रोजगारीबाट आएको बिप्रेषण अथवा रेमिट्यान्सले चलेको भन्छन् । तर, अर्थविदहरु बिप्रेषणबाट आएको रकमले बढेको आय लाई दिर्घकालीन मान्न सकिदैन भन्दछन् ।