नवजनचेतना राष्ट्रिय दैनिक २०८२ वैशाख २१ गते आइतबार
आइतबार, वैशाख २१, २०८२
लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित
शनिबार, वैशाख २०, २०८२
पाल्पाली साहित्यकार तथा ऐतिहासिक नाटक सङ्ग्रह ‘अमरपात्र’ का लेखक पुष्कर अथक रेग्मी ‘लुम्बिनी नाट्य रत्न सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
शनिबार, वैशाख २०, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
रामपुरका महिलालाई उद्यम विकास तालिम
शुक्रबार, वैशाख १९, २०८२
जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण
बिहीबार, वैशाख १८, २०८२
जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा विहीबार नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे
आइतबार, वैशाख १४, २०८२
जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
आइतबार, वैशाख १४, २०८२
आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।
आज आमाको मुख हेर्ने दिन, आमालाई सम्मान गरी मनाइँदै
आइतबार, वैशाख १४, २०८२
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।
पाल्पाली समीक्षक अथक काठमाडौंमा सम्मानित
शुक्रबार, वैशाख १२, २०८२
पाल्पाली साहित्यकार तथा समीक्षक पुष्कर अथक रेग्मी काठमाडौंमा सम्मानित भएका छन् । राष्ट्रिय सुसेली फाउण्डेसनले आफ्नो सातौ वार्षिक दिवसको अवसरमा रेग्मीलाई समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा पुर्याएको योगदानको कदर गर्दै समीक्षकको रूपमा सम्मान गरेको हो ।


