Shittalpati
सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन

तानसेन, सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको छ । तानसेनमा शनिबार समितिको ३६ औं बार्षिक दिवस समारोहको अवसरमा विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको हो ।

उक्त विशेषाङ्कको प्रमुख अतिथि तथा समितिका संस्थापक पूर्व अध्यक्ष प्रा. डा. रामजी प्रसाद पौड्यालले विमोचन गरेका हुन् । उक्त विशेषाङ्क विमोचन गर्दै प्रमुख अतिथि पौड्यालले विशेषाङ्क गुठीको दस्तावेज मात्र नभई समस्त तागाधारी, हिन्दूहरूका लागि उपयोगी संग्रह रहेको बताए । विशेषाङ्कमा समितिको बिधान सहित, समितिले गर्दै आएको महत्वपूर्ण गतिविधिहरू संग्रहित रहेका छन् ।

कार्यक्रममा समितिका सचिव पुष्करराज रेग्मीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्वराज रेग्मीले ५ लाख ५७ हजार ९ सय ६४ बराबरको बार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।

सोही अवसरमा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याए बापत गुठी सदस्य मधुकर काफ्लेको सुपुत्र सक्षम काफ्लेलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिनुका साथै जय हनुमान बिशेषाङ्रक प्रकाशन गर्नका लागि महत्वपूर्ण सम्पादकीय भूमिका निर्वाह गर्नुका साथै गुठीको व्यापिकरणका लागि योगदान पुर्‍याएबापत समितिले सचिव पुष्कर राज रेग्मीलाई विशेष सम्मान समेत गरेको छ ।

समितिले ब्रामण मण्डलको नामबाट करीब ८० बर्ष अघि देखिनै कार्य गर्दै आएता पनि औपचारिक रूपमा यसको बिधिवत गठन बि. सं . २०४३ सालमा भएको हो । स्थापनाकालदेखिनै समितिले मृत्युु संस्कारको समयमा गुठी सदस्यहरूका साथै छिमेकीहरूलमई समेत सहयोग गर्दै आएको छ । हरेक बर्ष सामुहिक जनैपूणिर्मा पूजा गर्नुका साथै समय सापेक्ष सामुहिक बर्तवन्ध कार्य समेत गर्दै आएको समितिले यस वर्ष विशेषाङ्क निकालेको हो । सभामा यस बर्षको सूचना वाहकको रूपमा श्रीधरकुमार नेपाल, पदमराज पौड्याल र देवराज शर्मालाई तोकेको छ । आउदो बर्षको गुठी पुजा र जनै पूर्णिमा पर्व सदस्य बुद्धिराज नेपालकहाँ गर्ने , धार्मिक साँस्कृतिक सामाजिक कार्यहरू गर्दै जाने निर्णय गरेको छ ।

समितिको कार्यालय तानसेन मेहल्धारामा रहेको छ र इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गरिएको समितिले जनाएको छ । नारायणस्थान फूलबारी परिसरमा हनुमानको मन्दिर रहेको छ । मन्दिरमा दशकौ बर्ष अघि देखिनै समितिले पूजा गर्दै आएको पाइन्छ । हिन्दु संस्कारमा आस्थावान ३९ घर यस समाजका क्रियाशील सदस्य र ६ घर मानार्थ सदस्यको रूपमा रहेका छन् ।

कोषाध्यक्ष विश्वराज रेग्मीको संयोजकत्वमा श्रीनगर डाँडामा व्यवस्थित बनभोज कार्यक्रम सहित आयोजित ३६ औ बार्षिक दिवस समारोह एवं विशेषाङ्क विमोचन गरिएको हो । कर्यक्रम समितिका अध्यक्ष बरूण प्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष सरस्वती शर्माको स्वागत,सचिव पुष्कर राज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

.

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update