थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, फागुन १२, २०७७
कोरोना अपडेट : थप ९० जना कोरोनामुक्त, मृत्यु शून्य
सोमबार, फागुन १०, २०७७
सोमबार थप ९० जना कोरोना संक्रिमत निको हुँदा १ सय २५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित र निको हुनेको संख्या देखिए पनि सोमबार मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर
सोमबार, फागुन १०, २०७७
जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग, माथागढी गाउँपालिकाको संयोजनमा एक दिने शिविर भएको हो ।
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो
आइतबार, फागुन ९, २०७७
कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा
आइतबार, फागुन ९, २०७७
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले वार्षिक साधारण सभा मनाएको छ । शाखाले शनिबार तानसेनस्थित भुसलडाँडामा आफ्नो २७ सौ वार्षिक साधारण सभा मनाएको हो । सभाको नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति शर्माले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको...
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती
शुक्रबार, फागुन ७, २०७७
बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको...
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
बुधबार, फागुन ५, २०७७
गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
अस्पतालमा रिफर लिनेको भिड
मंगलबार, फागुन ४, २०७७
रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ ।
अण्डा र झण्डा वितरण :
सोमबार, फागुन ३, २०७७
माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी ।
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै
सोमबार, फागुन ३, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन
आइतबार, फागुन २, २०७७
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
शनिबार, फागुन १, २०७७
पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।


