गुल्मीमा कोरोना खोप लगाउन सुरु
बिहीबार, माघ १५, २०७७

लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।

लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
आइतबार, माघ ११, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

आजदेखि खोप प्रदेशमा पठाइँदै
शनिबार, माघ १०, २०७७
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

पाल्पामा १० जना कोरोना संक्रमित थपिए
शनिबार, माघ १०, २०७७
पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो
शनिबार, माघ १०, २०७७
नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
शुक्रबार, माघ ९, २०७७
नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।

नेपालमा थप ३ सय ३६ जनामा कोरोना
बिहीबार, माघ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
-Copy.jpg)
आइपुग्यो कोरोना विरुद्धका खोप
बिहीबार, माघ ८, २०७७
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।

पाल्पाको कोरोना अपडेट, संक्रमित भन्दा निको हुने बढ्दै
बिहीबार, माघ ८, २०७७
पछिल्लो समय जिल्लामा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा कोरोनाबाट ३८ जना व्यक्ति निको भएका छन् भने २१ जना संक्रमित थपिएका छन् ।

पाल्पामा थप ३८ जनाले कोरोना जिते, २१ जनामा संक्रमण
बुधबार, माघ ७, २०७७
पाल्पामा थप ३८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ ४ गतेदेखि माघ ७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३८ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार बुधबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् ।