Shittalpati
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बिहीबार ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ । मुलुकभर १ हजार जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख २७ हजार ५ सय ४७ पीसीआर परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update