Shittalpati
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशमाका विभिन्न अस्पताल तथा आइशोलेसनमा रहेको ९० जना संक्रमित बुधबार डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् । सोही अवधिमा थप १ जनाको मृत्यु भएको छ । मृतकको संख्या हालसम्म ३ हजार ३२ रहेको छ । पीसीआर परीक्षण भने २२ लाख ४८ हजार ९ सय ९३ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५२ जना छन् । पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update