Shittalpati
थप १ सय ५० जनामा कोरोना

पाल्पा,  नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४ सय ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ । अहिले देशभर एक हजार १७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ४० हजार ९ सय ८९ को पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update