३ लाख ४८ हजार डोज खोप आइपुग्यो
आइतबार, फागुन २३, २०७७

पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
आइतबार, फागुन २३, २०७७
कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।

रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, फागुन २२, २०७७
तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।

गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
शनिबार, फागुन २२, २०७७
जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...

पाल्पामा खोप अभियान प्रभावकारी बनाइँदै
शुक्रबार, फागुन २१, २०७७
रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कोभिड –१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाईने भएको छ । पहिलो चरणको प्रथम प्राथमिकताको खोप अभियानमा ९३ प्रतिशत उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय पाल्पाले यो अभियानलाई थप प्रभावकारी बनाउने गरी अगाडि बढेको हो । अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिका, वडास्तरमा खोप समन्वय समिति...
.jpg)
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
बिहीबार, फागुन २०, २०७७
जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।

मृत्युको कारण बन्दै ‘विलासी जीवन’
मंगलबार, फागुन १८, २०७७
कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौँको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख्य रहेको...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आइतबार, फागुन १६, २०७७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताए । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप...

खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन
शनिबार, फागुन १५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।

गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो
बिहीबार, फागुन १३, २०७७
गुल्मी, जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार संक्रमित भएका सबै निको भएसँगै संक्रमितको संख्या शून्यमा झरेको हो ।

विहीबार थप ८४ जनाले कोरोना जिते
बिहीबार, फागुन १३, २०७७
पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना...

थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो ।

कोरोना अपडेट : थप ९० जना कोरोनामुक्त, मृत्यु शून्य
सोमबार, फागुन १०, २०७७
सोमबार थप ९० जना कोरोना संक्रिमत निको हुँदा १ सय २५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित र निको हुनेको संख्या देखिए पनि सोमबार मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।