Shittalpati
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड

जगदीश भट्टराई

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।

कोरोना संक्रमण कायमै रहेको र नयाँ प्रजातिको कोरोना समेत नेपालमा भित्रिएका बेला सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको भिड अत्याधिक बढ्दै गएको छ । यसरी कोरोना संक्रमणको वास्तै नगरी मंगलबार विहानैदेखि सयौंको संख्यामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र लगायत अन्य सिफारिस लिने सेवाग्राहीहरु चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा पुगेका छन् ।

स्थानीय प्रशासनबाट नागरिकहरुलाई सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, सेनिटाईटर प्रयोग गर्ने भनिए पनि सेवाग्राहीहरुले भने त्यसको वेवास्ता गरेका छन् । दिनहुँ सेवाग्राहीहरुको भिड बढ्दै गए पनि प्रशासनले भने त्यसको व्यवस्थापनमा कुनै ध्यान दिएको देखिदैन ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update